सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धि मुद्दाको फैसला आउदो मङ्गलबार सुनाउदै ।


 सर्वोच्च अदालतले आज आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदाे मङ्गलवार सुनाउने भएको छ । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले याे फैसला सुनाउने भएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलवारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो । 

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएकाे साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र पालिकामा कर्मचारी समायोजन अन्योलमा परेको छ

Comments

Popular posts from this blog

महत्त्वपूर्ण जिकेहरु एकैठाउमा पढ्नुहोस ।

अन्तर्राष्ट्रिय संघ संस्था सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरु ।